३ गाउँपालिका अध्यक्षसहित ३ सय ९० जना निर्विरोध निर्वाचित

काठमाडौं, वैशाख २५ गते । यही वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनका लागि ३ गाउँपालिका अध्यक्षसहित ३ सय ९० जना निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्ष ३, उपाध्यक्ष ४, वडाध्यक्ष ४८, दलित महिला सदस्य १६४, महिला सदस्य ७१ र खुला सदस्य १ सय जना निर्विरोध भएका हुन् । गत ११ र १२ मा परेको उम्मेदवारीका आधारमा निर्वाचन आयोगले उनीहरू निर्विरोध निर्वाचित भएको विवरण सार्वजनिक गरेकाे हाे ।

आयोगका अनुसार एमालेका १३८, कांग्रेसका ११५, माओवादीका ५९, एकीकृत समाजवादीका ३५, नेमकिपाका २, राप्रपाका २, जसपाका १, लोसपाका १, राष्ट्रिय जनमुक्ति पार्टीका १, नेकपा माओवादी समाजवादीका १ र स्वतन्त्र ३५ जना निर्विरोध निर्वाचित भएका हुन् ।निर्वाचनका लागि कुल १ लाख ४५ हजार १० जनाको उम्मेदवारी परेको थियो ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →