२६औं पटक सगरमाथा आरोहण गरेर कामी रीताले बनाए अर्को कीर्तिमान

काठमाडौं, वैशाख २५ गते । कामी रीता शेर्पाले २६ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गरेका छन् ।

आइसफल डाक्टरको ११ सदस्यीय टोलीको नेतृत्व गर्दै शेर्पा शनिबार सगरमाथा शिखरमा पुगेका हुन् ।शेर्पाको नाममा सन् २०१८ देखि सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम छ ।

सोलुखुम्बुको थामेमा सन् १९७० मा जन्मिएका शेर्पाले पहिलो पटक सन् १९९४ मे १३ मा सगरमाथा चुचुरो चुमेका थिए । उनको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमानसमेत रहेको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →