काठमाडौं, वैशाख २५ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजावादीबाट खतरा रहेको टिप्पणी गरेका छन्।
पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले राजावादी र गणतन्त्र विरोधीलाई हराउनुपर्ने अन्यथा देशमा दुर्घटनाको खतरा रहेको बताएका हुन।
गठबन्धनविरुद्ध अर्को राजावादी, गणतन्त्र विरोधीको गठबन्धन आएको छ। त्यसलाई परास्त गर्न आवश्यक छ। अन्यथा देशमा राजनीति दुर्घटनाको खतरा छ ।’