मतदान केन्द्रमा सामग्रीसहितको टोली प्रस्थान

काठमाडौं, वैशाख २५ गते । मकवानपुरको एक नगरपालिकासहित आठ स्थानीय तहका विभिन्न मतदान केन्द्रमा सामग्रीसहित निर्वाचन टोली पठाइएको छ ।

आठ गाउँपालिका र थाहा नरपालिकाका विभिन्न मतदान केन्द्रमा मतपत्रसहितको निर्वाचन टोली आ–आफ्नो मतदान केन्द्रमा आजै प्रस्थान गरिसकेको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी, हेटौँडा उपमहानगरपालिकाको १११ मतदान केन्द्रमा भोलि सोमबार मतपत्रसहित निर्वाचन टोली खट्ने मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, मकवानपुर जिल्लाको आठ गाउँपालिका, थाहा नगर र हेटौँडा उपमहानगरपालिकासमेतका ३५६ मतदान केन्द्रमा कूल एक हजार ७७० जना निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत र सरकारी कर्मचारी खटाइएको छ । जिल्लाको सबै मतदान केन्द्रमा निर्वाचन सु–व्यवस्थित रुपमा सञ्चालन गर्न प्रत्येक निर्वाचन अधिकृतले तीन जना स्वंयमसेवकको नियुक्ति गरी काम थाल्नेछन् ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →