नेकपा एसको काठमाडौं अध्यक्षमा श्रेष्ठ

काठमाडौं, भदौ ४ गते । काठमाडौंमा आयोजित पूर्ण बैठकले अध्यक्ष श्रेष्ठको नेतृत्वमा दुई सय ७१ सदस्यीय कमिटी चयन गरेको हो।

बैठकको उद्घाटन गर्दै पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले देशैभर साझा उम्मेदवार उठाउने बताए।

गठबन्धनको सहयोगबाट स्थानीय तहको निर्वाचनमा सबै पार्टी लाभान्वित भएको बताउँदै उनले मुलुकको समृद्धिका साथै राजनीतिक स्थिरताका लागि गठबन्धनको खाँचो औँल्याए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले न्यायपूर्ण समाज तथा समानता र सहअस्तित्वको समाज कायम गर्ने समाजवादको उद्देश्य रहेको प्रष्ट पारे। मुलुकमा युवा वेरोजगारी अन्त्य गर्न सीपयुक्त जनशक्तिको विकास गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले त्यसले जनताको सामाजिक तथा आर्थिक रुपान्तरण गर्ने विश्वास व्यक्त गरे।

मुलुकमा भित्रिएको विप्रेषणलाई राष्ट्रिय पुँजी निर्माणमा उपयोग गरी देशलाई औद्योगीकरण गर्न आवश्यक रहेको बताए। उनले समान विचार भएका पार्टीसँग एकताको सम्भावना रहेको भए पनि नेकपा (एमाले) सँग तत्काल एकता नहुने बताए।

अध्यक्ष नेपालले देशभर जनतालाई राजनीतिकरुपमा सङ्गठित गर्न अहिले सात सय ५३ पालिकामा पार्टीको सङ्गठन विस्तार भइरहेको जानकारी दिँदै जनताको चेतना भर्न र उनीहरुलाई जागृत गर्न कम्युनिष्ट पार्टीको भूमिका उल्लेखनीय रहेको विचार व्यक्त गरे।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →