कांग्रेस नेता प्रदिप गिरिको स्वास्थ्य अवस्था ‘स्थिर’

काठमाडौं, भदौ ४ गते । कांग्रेस नेता एवं प्रतिनिधिसभा सांसद प्रदिप गिरिको स्वास्थ्य स्थिर रहेको चिकित्सकहरुले बताएका छन्।

कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माले मेडिसिटीमा उपचाररत गिरीको अवस्था स्थिर रहेको जनाएका हुन्।

‘उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा खटिएका चिकित्सकहरुले जानकारी दिएका छन्,’ प्रेस विज्ञप्ति जारी गर्दे उनले भनेका छन्।

आजमात्रै गिरीका धर्मपत्नी भारती सिलवाल गिरीले आफ्नो पतिको स्वास्थ्य स्थिति नाजुक रहेको र शरीरका धेरै अंगहरूले काम गर्न छाडेको जानकारी दिएकी थिइन्। उनले सम्पूर्णलाई स्वास्थ्य लाभको कामना गर्न आग्रह गरेकी थिइन्।

‘चिकित्सकको टोली अन्कोलोजिस्ट, पल्मुनोलोजिस्ट, ग्यास्ट्रोएनटेरेनोलोजिस्ट, नेफ्रोलोजिस्ट, इन्टरनिस्ट र क्रिटिकल केयरका विशेषज्ञहरूले गिरिको समय-समयमा स्वास्थ्य चेकअप गरिरहनुभएको छ र टिमले उनको स्वास्थ्य लाभको लागि सक्दो प्रयास गरिरहेको छ,’ भारतीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →