दुई सयले बढ्यो सुनको मूल्य

काठमाडौँ, पुस १० गते । आज छापावाल सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार सुनको भाउ तोक्दै तोलामा २ सय रुपैयाँले मूल्य बढेको जानकारी दिएको हो ।

योसँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३०० र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ८०० रुपैयाँ थियो ।

आज चाँदीको मूल्य भने स्थिर नै रहेको छ । आज चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ कायम छ । गत साताको शुक्रबार पनि चाँदीको मूल्य यही थियो ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →