काठमाडौं, पुस १० गते । क्षेत्रको विमान सेवा बुद्ध एअरका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ। ९३ वर्षीय बस्नेतको आइतबार बिहान निधन भएको हो।
बस्नेत नेपाल बार एशोसिएसनका संस्थापक सदस्यसमेत हुन्।सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, कानुन, न्याय तथा शिक्षा मन्त्री (२०२४), अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री (२०२५), नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्षसमेत हुन्।
उनले ७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेका थिए।