काठमाडौं, पुस ११ गते । सत्ता गठनबन्धले पाँचदेखि सातजना सांसदलाई आज मन्त्री पदको शपथ गराउने तयारी थालेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले ५ देखि ७ जना मन्त्रीले शपथ ग्रहण गर्ने बताए ।
उनले पहिलो चरणमा केहि मन्त्रीले शपथ लिने र क्रमश: अन्य मन्त्रीले पनि शपथ लिने जानकारी दिए ।
नयाँ सत्तासमीकरणको बैठकमा सहभागी भएर फर्किने क्रममा अध्यक्ष लिङ्देनले भने,’ मन्त्रालय बाँडफाँटको बारेमा छलफल भइरहेको छ। आज प्रधानमन्त्रीसँगै ५/७ जनाले मन्त्री पदको शपथ लिदैहुनुहुन्छ।’
नेकपा एमालेसहित सात दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज ४ बजे प्रधानमन्त्री प्रचण्डसहित केहि मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउने छन् । माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, एमालेबाट विष्णु पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेले मन्त्री पदमा शपथ लिने सम्भावना छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा प्रचण्डले समर्थन गरेपनि सरकारमा सहभागी नहुने बताएको छ। यस्तै नागरिक उन्मुक्ति पार्टीले रेमश चौधरीको रिहाइ नभएसम्म प्रचण्डलाई समर्थन गर्ने तर सरकारमा नजाने निर्णय गरेको छ।