काठमाडौं, पुस ११ गते । नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेलसहित ४ जना सरकारमा जाने भएका छन् । उपप्रधान मन्त्री र अर्थ मन्त्रालयको जिम्मेवारीसहित पौडेल सरकारमा जाँदैछन् ।
त्यस्तै एमालेले दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राईलाई मन्त्री बनाउने तयारी गरेको छ । सम्भव भए आजै उनीहरुको शपथ ग्रहण हुनेछ ।
शपथ कार्यक्रममा सत्ता गठबन्धनबाट सिफारिसमा परेका अन्य उपप्रधानमन्त्री तथा मन्त्रीहरूले शपथ दिने जनाइएको छ ।