꧁🔹༒ सर्वसम्मानमा राजन गुरु༒🔸꧂

बेलुकाजी थापा
वहा बागलुङको गलकोट टेकेको पुरै ५२ बर्ष भएछ ।भारतबाट डिग्री भ्याएर महाकालीबाट गलकोट पुगेर ४० वर्ष त गलकोट माविको हेडसर हुनु भो त्यै बिद्यालयलाई कलेज मात्र बनाउनु भएन भौतिक संरचना सम्पन्न आर्दश बिद्याको मन्दिर बनाएर शिक्षासेवाको ४० बर्षे यात्रालाई विट मार्नु भएको रहेछ ।

मोहनचन्द राजन गलकोटेहरुको आदरणिय गुरु हुनुहुन्छ । यो हप्ता गलकोट समाज पोखराको एउटा भव्य कार्यक्रममा मंचका आतिथ्यता गर्ने झन्डै दर्जन ज्यादा जनप्रतिनिधीहरु वहाकै बिद्यार्थी रहेछन ।कार्यक्रममा धन्यबाद मन्तव्य दिदा गुरुले बोल्नु भएको कुरा र भोगाई र बोधगम्यतालाई शव्दमा उतारेर फेरि सम्प्रेषण गर्न मन लाग्यो ।
झन्डै ७५ बर्षको लम्वे इतिहास भएको गलकोट माविमा पुरा ४ दशक बिताउनु चानचुने कुरा हैन । सेवामा ४० बर्ष रेकर्ड ब्रेक नै गर्नु भएको रहेछ । उदारमन सहयोगी गलकोटेहरुको मांयाले साच्चै डोटीको बाराकोटमा जन्मिएको वहाले जन्मदिने बाबा आमा र आफन्त बिर्साउने गरि मांया र आदार दिएका रहेछन गलकोटले । बेला बेला फरक ढंगले सोचे पनि कलेजको अव्वल डिग्री हुदाहुदै पनि त्यो अपार मांया र जिम्मेवारीले वहालाई गलकोट छोडछु भन्ने कहिल्यै सोच्न समेत नभ्याईकनै बिताउनु भएछ जीवनका उर्भर समयहरु ।
बुढ्यौली र स्वास्थ्य समस्याहरुले अहिले पोखरामै बस्नुहुने राजनगुरुले मन सधै गलकोटमै भएको सुनाउनु भो । हरदम गलकोटकै खवरहरु सुनिरहने, पढिरहने लतले आफु अझै गलकोटकै भूगोलमा छु भन्ने आभास मनभरि गरिरहनु हुन्छ ।
गलकोट बनाउने जिम्मेवारी बोकेका मंचका सबै सवै आफ्ना चेला अतिथीहरुसंग राजन गुरुले अनुरोध गर्नु भो ।प्राकृतिक साधनश्रोत र मनमोहक र यति सुन्दर र मिलेको ठाउको बिकासको आधार तयार गरिदिनु होला , यति मोहक गलकोटलाई झन सुन्दर बिकसित बनाउन मेहनत गर्नुस,बिकासमा राजनिती गर्न जरुरी छ जस्तो लाग्दैन राजनिती र बिकास फरक फोरम हुन । मोहनचन्द राजन

गलकोटको मांयामा पुलकित गुरु पोखरा वस्दा पनि गलकोट समाजसंग जोडीएर हरदम हातेमालो गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो । गलकोट समाज पोखराले स्थापनाको यति छोटो समयमा आफ्नै भवन बनाउने काममा यहाहरुको सकृयता प्रसंशनीय मात्र छैन उल्लेख्य छ भनेर शव्दधाप मार्नु भयो ।
गलकोटको शिक्षा क्षेत्रको जग बसाउने त्यसाई उठाउने र आजको आवस्कतासम्मको शैक्षिक भुमिकामा राजन गुरुको अतुलनीय योगदान सिंगो गलकोटले कहिल्यै भुल्ने छैन भुल्दैन । गलकोट समाज पोखराका निम्ति गुरुले दिएको १ लाख अक्षयकोष र भवनका लागि दिनुभएको १लाख११ हजार १सय ११ रुपैयाको सहयोग
समाजले भुल्ने छैन । सधै सधैको राजन गुरुको अविभावकीय भुमिका र साथ सहयोग स्तुत्य मात्र छैन अनुकरणिय छ । आदरणिय गुरु -एकलव्य झै बन्न नसके पनि हजुरको ज्ञानगम्य महिमामन्डन सुन्दा नै आनन्द लाग्छ हजुरका सारा अनुभव साथ र धाप सदा सर्वदा सम्झिरहन र प्रशस्ती लेख्न सकु ।
~हजुरको बिद्यार्थी- बेलुकाजी थापा ~
——————🙏🏻🙏🏻————————
भविष्यको उज्यालो देखाउनु भो गुरु
हात समाई अक्षरहरु लेखाउनु भो गुरु
जन्मदाता र भगवान सरी महान हुनुहुन्छ
सबलाई ज्ञानको फल चखाउनु भो गुरु

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →