काठमाडौं, चैत १६ गते । फिलिपिन्सको दक्षिणमा रहेको बासिलान प्रान्तमा यात्रुहरू चढेको जहाजमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । लगभग २३० जनालाई उद्धार गरिएको छ ।
आगलागीका कारण नौ अन्य मानिस घाइते भएका छन् । तटरक्षक प्रमुख कोमोडोर रेजार्ड मार्फेले वातानुकूलित क्याबिनहरूबाट आगो लाग्न शुरू भएको बताए । उक्त जहाज मिन्दानाओ टापुको जाम्बोआंगा शहरबाट सुलुप प्रान्तमा रहेको जोलो टापुतर्फ जाँदै गर्दा आगो लागेको थियो ।
बासिलानका गभर्नर जिम सालिमानका अनुसार जहाजको यात्रु सूचीमा २०५ जना चढाइएको भए पनि त्यसभन्दा बढी यात्रु रहेकाले कतिपय यात्रुहरू हराएको हुनसक्ने बताएका छन् ।