काठमाडौं, चैत १९ गते। उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उम्मेदवार टुंगो लगाएको छ । बैशाख १० मा हुने उपनिर्वाचनमा राप्रपाले गठबन्धन नगर्ने गरी उम्मेदवार टुंगो लगाएको हो ।
तनहुँ–१ मा शोभा गुरूङ, चितवन– २ मा जीवलाल पुरी र बारा– २ मा सोनेलाल साहलाई उम्मेदवार बनाउने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जनाएका छन् । यसअघि मंसिरको निर्वाचनमा राप्रपाको गठबन्धन एमालेसँग भएको थियो ।