रवि लामिछानेविरुद्ध सर्वोच्चमा राहदानी दुरुपयोगको रिट

काठमाडौं, चैत १९ गते। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेविरुद्ध युवराज पौडेल ‘सफल’ सर्वोच्च अदालत पुगेका छन् । लामिछानेविरुद्ध राहदानी दुरुपयोग गरेको मुद्धा चलाउन भन्दै सफलले रिट दायर गर्न सर्वोच्च पुगेका हुन् ।

रिटमा उत्प्रेषण, परमादेश लगायत जे–जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ भनि सफलले माग गरेका छन् । यसअघि प्रहरीले लामिछानेविरुद्ध यही कसुरमा अनुसन्धान गरेको थियो ।

लामिछानेविरुद्ध प्रहरी र सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो । मुद्दा नचलाउने निर्णय गरेको भन्दै महान्यायाधीवक्ताको कार्यालयलाई विपक्षी बनाइएको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →