म्याग्दी प्रवासी नेपाली संघ ( मोना ) जापान क्षेत्रीय कार्यसमिति नागोयाको तेस्रो अधिवेशन सम्पन्न सागर थापा बगालेको संयोजकमा निर्विरोध ।

अधीश थापा / जापान ,साउन – २२। म्याग्दी प्रवासी नेपाली संघ ( मोना ) जापान क्षेत्रीय कार्यसमिति नागोयाको तेस्रो अधिवेशनबाट बेनी नगरपालिका–२ ज्यामरुककोटका सागर थापा बगालेको संयोजकत्मा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।

आइतबार सम्पन्न अधिवेशनबाट उपसंयोजक हेमन्त राना, भरत केसी, महिला उपसंयोजक मुना पूर्जा कार्की, सचिव सागर भण्डारी, सहसचिव प्रकाश हमाल, कोषाध्यक्ष जिवन घर्ती, सहकोषाध्यक्ष तेजिन पुन रहेका छन् ।

सदस्यहरूमा विकास सुबेदी,ज्योती बरुवाल, इश्वर बरुवाल, बुद्धि घर्तीमगर, संकल्प सापकोटा, पूर्ण थजाली, मनिषा पाइजा र सुमी शाही रहेका छन्। कार्यसमितिको संरक्षकमा निर्वतमान अध्यक्ष रामबहादुर किसान रहेको संयोजक सागर थापा बगालेले जानकारी दिए ।

जापानको नागोयामा रहेका म्याग्देलीहरुको साझा संगठनको रुपमा स्थापित मोनाले आफ्नो क्षेत्र लगाएत विभिन्न ठाउमा सामाजिक एवम् मानविय सेवाका कार्यहरु गरेको छ । अधिवेशनको उद्घाटन गदैं मोना आईईसीका वरिष्ठ उपाध्यक्ष ददीवल खड्काले प्रवासमा रहेका सबै म्याग्देलीको एकता र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।

उनले विश्वभर रहेका म्याग्देलीलाई मोनामा आवद्ध हुन समेत अनुरोध गरेका थिए । कार्यक्रमका विशिष्ट अतिथि मोना आइइसीका एसिया प्यासेफिक संयोजक दिपक कार्की, विशिष्ट अतिथि मोना जापानका अध्यक्ष सचिन श्रेष्ठ,गैर आवासीय नेपाली संघ जापान सँगै क्षेत्रीय समिती नागोयाका प्रतिनिधि,विभिन्न संध संस्था प्रतिनिधि ज्युहरु लगायतको उपस्थिति रहेको थियो ।

सोही अवसरमा एनआरएनए जापानको उपाध्यक्षमा सचिन श्रेष्ठ, एनआएनए क्षत्रीय समिति कान्तो संयोजकमा सागर कार्की, एनआएनए सेन्दाई सचिव प्रकाश विश्वकर्मा, एनआरएनए नागोयाको कोषाध्यक्षमा रुपेश चोचाङ्की पुन र एनआरएनए नागोयाको सहसचिवमा सागर थापा बगालेलाई सम्मान गरिएको थियो।

सभापति रामबहादुर किसानले उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दै संयोजक पदमा आऊदै गर्दा थप जिम्मेवारी बोध हुनुका साथै आगामी दिनहरुमा सम्पूर्ण जापानबासी म्याग्देलीहरुका हरेक सुख दुख सँगै जिल्लाबासीका हरेक सुख दुखमा निरन्तर साथमै रहने बताएका थिए । नवनिर्वाचित संयोजक बगालेले विगतका अभियानलाई निरन्तरतता र थप योजना सहित आफ्नो कार्यकाललाई रचनात्मक बनाउने प्रतिबद्धता जनाए ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →