काठमाडौं, साउन २२ गते । संसद बैठक सुचारु गराउने मुख्य एजेण्डासहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक पुनः सुरु भएको छ ।
सोमबार अपराह्न ४ बजे नयाँबानेश्वरस्थित सभामुखको कार्यकक्षम बैठक सुरु भएको हो ।
बैठकमा सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेताहरुको सहभागी हुनुहुन्छ ।
यसअघि आजै सिंहदरबारमा भएको छलफलमा सदनको अवरोध खुलाउने विषयमा सहमति हुन सकेको थिएन ।