खेलाडीको हौसला बढाउन रवि र बालेन श्रीलंका जाँदै

काठमाडौं, भदौ १७ गते । एसिया कप क्रिकेट खेलिरहेको नेपाली क्रिकेट टोलीको हौसला बढाउन सांसद रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह श्रीलंका जाने भएका छन् ।

रास्वपा सभापतिसमेत रहेका रवि श्रीलंका प्रस्थान गरिसकेका छन् भने बालेन आज दिउँसो उड्नेछन् ।

एसिया कपअन्तर्गत भोलि सोमबार नेपाल र भारतको खेल हुँदैछ । समूह ए मा रहेको नेपाल बुधबार भएको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।

एसिया कपको समूह ए अन्तर्गत सोमबार दिउँसो सवा ३ बजेदेखि नेपाल र भारतबीचको खेल हुँदैछ । यो खेलमा अगाडि बढ्न नेपालले भारतलाई हराउनै पर्ने बाध्यता छ । उता भारतले नेपालसँग बराबरी खेले पनि समूह चरण पार गर्नेछ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →