कोशी प्रदेशको नामाकरण विरुद्ध ललितपुरमा प्रदर्शन

काठमाडौं, भदौ १७ गते । कोशी प्रदेश नाम खारेजीको माग गर्दै ललितपुरमा प्रदर्शन गरिएको छ ।

आइतबार किरात याक्थुङ चुम्लुङको ३५औं स्थापना दिवसको अवसरमा किरात याक्थुङ चुम्लुङ संघीय कार्यसमितिले कोशी प्रदेशको नाम खारेजीको मागसहित जावलाखेलमा प्रदर्शन गरेको हो ।

उनीहरू प्रदेशको नाम ‘कोशी’ खारेज गर, ऐतिहासिक पहिचानको आधारमा लिम्बुवान, किरात’ कायम गर, नो कोशी, प्रदेशको नाम कोशी मान्‍दैनौ, प्रदेश १ लाई ऐतिहासिक पृष्ठभूमिको आधारमा पुन: नामकरण गर लगायतका नारा ब्‍यानरमा राखेर प्रदर्शनमा उत्रिएका थिए ।

प्रदेश सभाले फागुन १७ गते प्रदेशको नाम कोशी राखेको थियो। नेकपा (एमाले)‚ नेपाली कांग्रेस‚ राप्रपाले कोशी नाममा मतदान गरेको थियो। नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले भने किरात-लिम्बुवान-सगरमाथा नाम प्रस्ताव गरेको थियो।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →