क्वाटरफाइनल पुगेको नेपालको असली परीक्षण भारतविरुद्धको खेलमा हुनेछ ।

असोज, हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगलबार भारतसँग क्वाटरफाइनल खेल्दैछ ।

यसअघि समूह चरणमा मंगोलिया र माल्दिभ्स जस्ता तुलनात्मक रुपमा कमजोर टिमलाई हराएर क्वाटरफाइनल पुगेको नेपालको असली परीक्षण भारतविरुद्धको खेलमा हुनेछ ।

सोमबार भएको क्वाटरफाइनल ड्र अनुसार नेपालले भारत प्रतिद्वन्दी पाएको हो । भारतसहित किस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सिधै क्वाटरफाइनल पुगेका थिए भने नेपाल, हङकङ र मलेसिया समूह चरण पार गर्दै क्वाटरफाइनल पुगेका हुन् ।

अब नेपाल र भारत, बंगलादेश र मलेसिया, श्रीलंका र अफगानिस्तान तथा पाकिस्तान र हङकङबीच खेल हुनेछ । नेपाल र भारत तथा बंगलादेश र मलेसियाबीच हुने खेलको विजेताले सेमिफाइनल खेल्नेछ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →