बागलुङ, साउन – ९ ।एमाले निकट राष्ट्रिय युवा संघ नेपालले बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाका उपाध्यक्ष, सचिव र कोषाध्यक्षले ६ बर्षदेखि मिटर झिकेर पानीको दुरुपयोग गरेको आरोप लगाएको छ ।
युवासंघ नेपालका अध्यक्ष बुद्द बोहोरा नेतृत्वले खानेपानीमा भएको बेथीती बारे प्रकाशित बिज्ञप्ती मार्फत उपाध्यक्ष हरिबहादुर जिसी, सचिव जीवन आचार्य र कोषाध्यक्ष कृष्ण शर्माले बिगत २०७५ सालदेखि खानेपानीको मीटर नराखी पानी खाएको आरोप लगाएका हुन् ।
गत २०८१ साल साउन ३ गते युवासंघले पानीको मूल्य वृद्दि गरेको, संस्थाको बक्यौता नतिरिएको र हालका पदाधिकारीले गैर जिम्मेवार ढंगले आफ्नो पद र अख्तियारीको दुरुपयोग गरेको सामान्य नैतिकता समेत उलंघन गरेको भन्दै संस्थामा ताला लगाएको थियो । उक्त ताला एकतर्फी ढंगले मंगलवार तोडिएको भन्दै युवासंघले बिरोध स्वरुप बिज्ञप्ती जारी गर्दै पदाधिकारीको क्रियाकलापको पनि बिरोध जनाएको हो ।
साथै युवासंघले प्रशासन मार्फत सम्बन्धीत पक्षसँग बसेर बिबाद टुंगो लगाउने प्रयास भैरहेकोमा गुण्डागर्दी शैलीमा ताला तोडिएको आरोप समेत लगाएको छ । ताला कसले तोडेको स्पष्ट भएको छैन । यो घटनाले परिस्थितीलाइ भड्काउने अबस्था आएको भन्दै थप संघर्षका कार्यक्रम तय गर्ने चेतावनीपनि दिएको छ ।
बुधवार एमाले कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोहोराले हालका पदाधिकारीले ग्ैरकानूनी रुपमा सेवा सुविधा लिएको, विभिन्न शिर्षकमा पेश्की लिएर आर्थिक बर्षभित्र फछ्र्यौट नगरेको समेत आरोप लगाएको हो । बर्षातमाढल मिसिएको खोलाको पानी मिसाएर नागरिकको स्वास्थ्यमा खेलवाड गरेको समेत उल्लेख छ । यस्तो कामले आम नागरिक र उपभोक्ता बिरुद्धको का भएकोले तत्काल सच्चीन संस्थाका उपाध्यक्ष, सचिव र कोषाध्यक्षलाई आग्रह गरिएको छ । साथै उनीहरुलाई राजिनामा दिएर मार्ग प्रसस्त गराउन पनि कार्यक्रममा आग्रह गरियो । युवासंघको आग्रह वेवास्ता भएमा त्यस बिरुद्ध थप आन्दोलनका कार्यक्रम गर्ने चेतावनी पनि बिज्ञप्तीमा दिइएको छ ।
पदाधिकारीले भने बर्षाैदेखि मीटर जडान गरेरै खाएको बताए । ‘कहिले त पानी नै आउँदैनथ्यो, तर मीटर नजोडी खाएको होइन’ जिसीले भने, ‘पानीको मूल्य बढाउने निर्णय गर्नु नगर बिकास कोषको दवावको कारण हो ।’ २०६८ सालमै तत्कालिन समितिको अध्यक्षको हैसियतले केवी रानामगरले न्युनतम शुल्क ३ सय बनाउने गरी हस्ताक्षर भएको उनले बताए । उक्त सम्झौतालाई टेकेर कोषले पटक पटक ताकेता गरेपछि मूल्य बढाउन बाध्य भएको संस्थाका उपाध्यक्ष जिसीले बताए । ढोरपाटन दैनिकबाट