काठमाडौँ, वैशाख ८ गते । प्रहरी जवानको परीक्षा दिँदै गरेकी एक नक्कली परीक्षार्थी महिला पोखराबाट पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा धनकुटा नगरपालिका–५ घर भएकी १९ वर्षीया ज्ञानुता विश्वकर्मा छिन् । उनलाई पोखरा महानगरपालिका–७ पार्दीस्थित लोक सेवा आयोगको कार्यालयमा परीक्षा दिइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
उनले प्रहरी जवानको परीक्षा दिइरहेकी थिइन् । अर्कैको नाममको प्रवेशपत्रमा आफ्नो फोटो टाँस गरेर परीक्षा दिएको आरोपमा उनी पक्राउ परेकी हुन् ।