कविता – रात

उमाकान्त पाेखरेल

स्वीकार छ मलाई
तिम्राे अाधिपत्य
तर,
ए ! रात
के ! मेराे एक शर्त मान्न तयार छौ ?

एक मुट्ठि खाने
एक धराे लाउने
केही अाफ्नाे लागि
केही अाफनाकाे लागि
खट्दाखट्दै
कँहि उकालाे चढेर गलेकाे हुनसक्छु
कँही अाेरालाे झरेर हतासिएकाे हुनसक्छु

मलाइ लाग्छ
यी विहानी र
दिनहरु त प्रलाेभनका सूचक हुन्
खुशी र उज्यालाेकाे लाेभ देखाउँदै
हरेक पटक हामीबाट हाम्राे स्वतन्त्रताकाे वलि लिन्छन्

ए ! रात
तिमीले मलाई – विहानीले झैं
खुशीकाे प्रलाेभनमा नफसाउनु ,
शान्तवना नदिनु,
दिनले झैं नढाट्नु, अनि
साँझहरुले झै नतड्पाउनु

तिम्राे अागमनसँगै उपस्थित हुने
अाकाशका ती
सुन्दर, निश्छल जून-ताराहरुसँग
केही गुनासाे पाेख्नुछ मैले
केही वात गर्नुछ मैले

उकाली अाेरालीकाे यात्रामा
मेरा अवयवहरु शीथिल भएर गलिरहँदा
तिमीले अाफुमा समाहित गरी
सुटुक्क अाफ्नाे अालिङ्गनमा राख्नु मलाई,
सहलाउनु मलाई

मीठाे सपनाकाे अाशा देखाई
निंदकाे उपहाँस नगर्नु मेराे।

ए ! रात
भनन ! एउटा शर्त छ मेराे
मलाई अँगाल्नु अघि
के ! मेराे शर्त मान्न तयार छौ ….?
२०७८/०१/ २२
भद्रपुर-१०,झापा।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →