~ डा. विदुर चालिसे
मामिला ज्यान मुद्दाकाे थियाे । सिकिस्त विरामी छट्पटाएकाे थियाे । उसकाे हाेस हवास थिएन । आफन्तहरू टुलुटुलु हेर्थे र रूवाबासी गर्थे । डाक्टरले सान्त्वना दिँदै भने ।
–“ठीक हुन्छ !”
आफन्तहरू चुप लागे । विरामीकाे छटपटि देखेर टाेलाइरहे ।
गलानीले च्यापेकाे विरामी गल्दै गएथ्याे । यान्त्रिक जडानले उसकाे जिउ ढपक्क ढाकेकाे थियाे । शरिरभित्र के के संचार भएकाे थियाे, कसैलाई थाहा थिएन । केमिकलका मिस्रित रङ हरू पानीका फाेकामा झरिरहेका गिए । अस्पतालकाे शैयामा सप्लाई भएकाे अक्सिजन घट्दै गएका थिए। विरामीकाे नाडी झर्दै थियाे । पाँच दिनपछि डाक्टरलाई फेरि आफन्ते साेधपुछ गरे । डाक्टरले सुझाव दिए ।
–“अब छिटै ठिक हुन्छ ! बरू अलिकति ट्रिटमेन्ट थपिदिएकाे छु । काउण्टरमा जानाे न !”
विश्वस्त भएर कुरिरहेका आफन्तहरू काउण्टरमा हतारिंदै पुगे । माटाे बेचेकाे माेटाे रकम फेरि डिपाेजिट गरे । डिउटीकाे नर्स स्वर लर्बराउँदै विरामीकाे आफन्त खाेजिन र सम्झाउँदै भनिन
–“धन्दामान्नु पर्दैन ! उहाँलाई अब पुरै निकाे भयाे । डिस्चार्ज हुँदैछ । काउण्टर क्लियर गर्नाेस ।”
काउण्टर क्रियर भएपछि विरामी बेडमै ल्याइयाे । सेताे एप्राेन डाक्टर, नर्स र विरामीले पहिरिएकाे सेताे एप्राेन उस्तै थियाे । उनीहरू माैन मुद्रामा थिए । बिस्तारै विरामीलाई निकालियाे र मुर्दाघरमा पुर्याइयाे । श्रध्दान्जली दिन तयार भएका डाक्टर र नर्सहरूलाई आफन्तले अत्यन्त मर्माहत भएर भने ।
–” पिचासकाे याेनीका भाइरसहरू !”
उनीहरू केही बाेलेनन् तर खासखुस गरेर एकअर्कामा आँखा तरातर गरे । उनीहरूकाे मनकाे धर्मले भनिरहेकाे थियाे ।
–“याे हाम्राे सेवा हाे, नितान्त व्यापार !”
हर मान्छेेहरू अचेल पिचासकाे याेनीबाट जन्मेर परमात्मासँग लिन हुन पुग्छन् । मान्छेबाहेक याे सुविधा अरू प्राणीमा छैन, सायद ।
–“ज्यान मुद्दाकाे फैसला सकियाे ।”
मरिरहन्छन् । जन्मिरहन्छन् । जन्मिरहन्छन् फेरि मरिरहन्छन् ।बाँच्न चाहने मान्छे जस्ता भाइरसहरू अस्पतालकाे शैयामा !