मैले चिनेको र चाहेको एन आर एन ए

बिष्णु रोकाया
म करिब तिन बर्ष पहिला अध्ययनको सिलसिलामा जापान आयको थिए र अहिले पनि अध्ययनकै क्रममा छु । आफ्नो देशमा हुँदा बिभिन्न सामाजिक कार्य र सामाजिक सञ्जालबाट एन आर एन ए को बारेमा अलिकति जानकारी थियो ।

एन आर एन ए भनेको विश्वभर छरियर बसेका करिब ७० लाख नेपाली हरूको साझा मञ्च हो जुन कुनैपनि, बाद, जातजाति, धर्म, भूगोल भन्दापनि प्रदेशमा बस्ने लाखौ नेपालीको गैर राजनीतिक साझा र प्रदेशमा बस्ने नेपालीको हक, हित र अधिकारका साथै देशको विकास र समृद्धिधिको लागि समन्वयकारी भूमिका खेल्ने संस्था हो भन्ने मैले बुझेको थिए । तर प्रदेशमा बस्दै गर्दा र यो संस्थालाई नजिक बाट नियाल्दै गर्दा अझ यसको बारेमा धेरै जान्ने र बुझ्ने मौका मिल्यो । अझ भन्नु पर्दा एन आर एन सङ्गको सहकार्यमा प्रदेशमा होस वा देशको लागि होस सानो सहयोग गर्ने अवसर पनि मिल्यो र यस्का मूल उदस्य र लक्ष्यको बारेमा थप बुझ्ने अवसर पनि मिल्यो । एन आर एन ए को बारेमा कुरा गर्दै गर्दा यसको स्थापनाकाल तिर फर्किनै पर्ने हुन्छ । बिभिन्न ऐतिहासिक दस्तावेज र लेखहरूका अनुसार विदेशमा रहेका नेपाली तथा नेपाली मुलकका विदेशी नागरिक हरूको ज्ञान सीप, प्रविधि, पुजि र अनुभव लाइ परिचालन गर्दै नेपालको विकास, समृद्धि र आमूल परिवर्तनमा सहयोग पुगाउने उदस्यका साथ सन २००३ मा लन्डनमा यसको पहिलो भेला भयको थियो । त्यो भेलापछि २००३ अक्टोबर ११-१३ तारिख काठमाडौंमा पहिलो विश्वभर बस्ने नेपाली हरूको साझा संस्था गैरआवासीय नेपाली संघको विधिवत रुपमा स्थापना गरिएको सामाजिक तथा गैर राजनीतिक संस्था हो । मैले बुझेसम्म र केही यसका गतिविधि र दस्ताबेजका अनुसार यो संस्था विश्वका करिब १८० भन्दा बढि देशहरूमा बस्ने नेपाली तथा नेपाली मुलका विदेशिहरूको साझा अन्तराष्ट्रिय संस्था हो, जसलाई नेपाल सरकारले आधिकारिक मान्यता प्रधान गरेको छ ।

यो संस्थाले ”एक पटकको नेपाली सधैँको नेपाली” भन्ने मूल उदस्य र नारा सहित आफ्नो देशको विकास र समृद्धिका साथै नेपाली समाजको रूपान्तरण र परिबर्तनका लागि प्रदेशमा बस्ने नेपाली हरूले सिकेको ज्ञान, सीप, प्रविधि, अनुभाव, उर्जा र बिभिन्न श्रोत र साधनलाई परिचालन गरि थोरै भएपनि टेवा पुगाउने हो, भन्ने मैले बुझेको छु । अझ भन्नु पर्दा यो संस्थाको अर्को महत्वपूर्ण काम वा उदस्य नेपालको विविधता र पर्यटकीय गन्तव्यहरुलाई रास्ट्रीय तथा अन्तराष्ट्रिय जगतमा प्रचार प्रसार गर्दै धेरै भन्दा धेरै पर्यटक भित्र्याउने र जसबाट नेपाललाई विश्व जगतमा चिनाउने हो जस्तो लाग्छ । आज हाम्रो जस्तो हरेक क्षेत्रमा सम्भावना को खानि भयको देशमा हामिले प्रदेश बाट पर्यटक मात्र पठाउन सक्नेहो भने हाम्रो देशमा रोजगारिका साथै थप अन्तराष्ट्रिय जगतमा नेपालको पहिचान र गौरब उच्च हुने पक्का छ । सँगै बिभिन्न देशहरुसङ्गको कूटनीतिक तथा जनता बिचको सम्बन्धलाइ बलियो बनाउदै बैदेसिक लगानिलाइ आकर्सित गर्नु पनि हो जस्तो लाग्छ ।यो संस्थाले यसका उदस्य र लक्षहरु कति प्राप्त गर्यो भरेर यो एउटा बहसको बिसय बन्न सक्ला तर आज आफ्नो जन्म भुमिप्रतिको दाइत्व र जिम्मेवारि बोध गर्ने बिसयमा यो संस्थाको अभियानले एउटा तरङ्ग उत्पन्न गरेको छ जस्तो लाग्छ । आज यो सस्थाका बिभिन्न कार्यक्रम र अभियान मार्फत देशमा आइप्रने हरेक सुखदुखमा मलम लगाउने काम गर्दै आयको छ । तेतिमात होइन आज प्रदेशमा आइपर्ने हरेक समस्याको समाधान र समन्वयात्मक भुमिकाखेल्न यो सस्था अग्रपङ्तिमा छ । आज राज्य सङ्ग होस वा जनता सङ्ग मिलेर हरेक बर्स महत्वपूर्ण सामाजिक र मानबियताका काम हरु गर्दै आयको छ यस्मा हामि सबै नेपालीले गर्ब गर्नु प्रने बिसय हो जस्तो लाग्छ । आज विश्व शान्तिका दुध गौतम बुध र बिस्वकै अग्लो सिखर सगरमाथाको देशको नागरिक बिस्वको जुनसुकै कुनामा पुगेपनि आफ्नो देश प्रतिको माया, जिम्मेवारि र कर्तब्यलाइ भुल्न नदिनेकाम यो संस्थाले गरेको छ जस्तो लाग्छ । आज यो सस्थाले बिस्वका धेरै देश हरुसङ्गको सहकार्य र सहयोगमा बिभिन्न कार्यहरुपनि गर्दै आयको छ । बिसेसगरि नेपाललाइ सास्कृतिक, नेपाली कला, आफ्नो भेसभुसालाइ को माध्यम बाट अन्तराष्ट्रिय जगतमा चिनाउन महत्वपुण भुमिका खेल्दै आयको छ । आज बिस्वमानब जातिको लागि निक्कै चुनौतिको रुपमा फैलिदैगरेको प्राणघातक रोग कोरोनाले हाम्रो देश पनि अछुत्तो रहेन । यो सङ्कट को घडिमा एन आर एन ए राज्य भन्दा आफ्नो मार्तुभुमिकोलागि एक कदम अगाडी बढेर स्वास्थे सामाग्रीका साथै अन्य थुप्रै सहयोग हरु गर्यो । आज साच्चै भन्ने हो भने राज्य पुग्न नसकेको र गर्न नसकेका कामहरु योसस्था मार्फत भयकाछ्न र यो सस्था पुगेको छ । भोलिको दिनमा पनि यो सस्थाले थप उर्जा र नयाँ परिकल्पना का साथ जाओस भन्ने मेरो र आम नेपालीको चाहाना छ ।

मैले बुझेको एन आर एन ए भनेको यति मात्र होइन आज नजिकबाट यो अभियान वा संस्था सङ्ग जोडियर काम गर्दै गर्दा केही गलत प्रबृति र संस्थाको गरिमा र उदस्यमाथि आच आउनुका साथै यस संस्थालाई बदनाम हुने कामहरु हुदै आयका छ्न । सस्थालाइ केहि गलत ब्याक्तिले र प्रबृतिले सामाजिक हित भन्दापनि ब्याक्तिगत स्वार्थ पुर्ति गर्न पर्योग गरेका छ्न । यो प्रबृति समग्र नेपाली र सस्थालाइ हानिकारक देखिन्छ । स्वच्छ मन र उदस्य बोकेर मातृभुमिको सेवागर्ने प्रबासिलाइ र अभियन्ता लाइ यस्ता प्रबृतिले र ब्याक्तिले दुरुत्साहित गर्नेकाम गरेकाछ्न । यस्ता गलत मनसाय भयका र संस्थालाई गलत रुपमा प्रयोगगर्ने हरेक ब्यक्तिलाइ सामाजिक र कानुनि दुबै रुपमा दन्डित गर्न आवस्यक छ । यस्ता गलत प्रबिर्तिको बिरुद्द सशक्त आवाज उठेन भने नेपालको पहिचान र नेपाली पन र मन सङ्ग जोडियकाे यो संस्था बदनाम हुने र नयाँ पुस्ता यो अभियान र संस्था बाट टाढा हुने सम्भावना पनि देखिन्छ । यो सस्थाको पहिचान नेपाल , नेपाली र हाम्रो बिस्व मानब जगत सङ्ग जोडियकाे हुदा हरेक बिबेकशिल नेपाली र यस्का अभियान्ताले निरन्तर खबदारि र अनुगमन गर्न आवस्यक छ । आज तपाइहाम्रो सानो राम्रो र असलकामले नेपाली र नेपालको पहिचान र गौरबमा धेरै फरक पार्नेछ साथै अन्तर्राष्ट्रिय जगतमा हामिलाइ गर्ने ब्यबहार र हेर्ने दृष्टिकोण फरक हुनेछ । तर हाम्रो सानो एउटा को गलतकामले गर्दापनि नेपाल र नेपाली माथि धेरै असर गर्नेछ । तेसैले हरेक नेपाली दाजुभाइ तथा दिदि बहिनि हरूले यस्ता गलत प्रबृति र ब्यक्ति बाट सजक हुन आवस्यक छ । साच्चै आज मैले चिनेको एन आर एन ए भनेको सबै प्रबासि नेपालीको साझा संस्था र दुख सुख साट्ने एउटा चौतारि हो जस्तो लाग्छ । अझ भन्नु प्रदा हामि हरेक प्रदेशमा बस्ने नेपाली दाजुभाइ तथा दिदिबहिनि हरुको साझा अभिभावक हो । जसरि आफ्ना बालबच्चाको हेरचार गर्ने र हरेक सुख र दुखमा आफ्ना सन्तान प्रतिको जिम्मेवारि बहन गर्नु अभिभाबकको दाइत्व हुन्छ तेसैगरि यो सस्थाको भुमिका र जिम्मेवारि हुन्छ भन्ने मैले बुझेको छु । आज देशमा होस वा प्रदेसमा नेपालीमाझ आइप्रने सुख दुख र खुसि साटासाट गर्ने महत्वपूर्ण माध्यम बनेको छ यो संस्था । तेसैले म यो अभियानमा कति सकृय होउला नहौला तर यो नेपाली मन र पनको संस्था प्रति सदै गर्ब गर्नेछु र यो मार्फत आफ्नो जन्म भुमिको लागि निरन्तर सकेको गरिरहनेछु । साच्चै आज हामि बिस्वभर छरियका नेपाली लाइ एउतै मंचमा ल्याउने र ल्याउन महत्वपुण योगदान गर्नुहुने अग्रज अभियान्ता प्रति हार्दिक नमन गर्न चाहान्छु । तपाइको अर्थक पर्यासले आज हामि जहा बसेपनि एकता बद्द र सङ्गठित भयर बसेका छौ ।

विश्व प्रविधि र बिकासकाे क्षेत्रमा रकेटकाे गतिमा लम्किरहेको छ । आज प्रबिधिले नै बिस्वलाइ एउटा गाउ जस्तै बनाइ दियको छ तर मेरो देश राजनितक अस्थिरता र सहि, क्षमतावान र दुरदृष्टी भयको नेतुत्वको कमिले गर्दा आज हामि आज भन्दा भोलि झन कम्जोर र अस्थिर बन्दैछौ । आज हामि नेपाली विश्वभर छरियपनि हाम्रो मन नेपालमा छ र हामिले आफ्नो जन्म भुमिको लागि सकेको गरेकै छौ तर आधा भन्दा बढि जनसन्ख्या युवा भयको देसमा रोजगारि र आर्थिक समृद्धिका हिसबमा हामि निक्कै कछुवा गतिमा छौ । आज रोजगारिका अवसर सिर्जना गर्ने भन्दापनि भयका रोजगारि बन्द हुदैछ्न र केही स्वार्थले गर्दा हाम्रा उध्योग धन्दा बन्द्द हुदै छ्न । मैले यो बिसय यहाँ नेर किन जोड्दै छु भने आज विश्वभर बस्ने नेपाली करिब ७० लाख भन्दा धेरै छौ । हामिले एन आर एन ए को माध्यम बाट होस वा ब्यक्तिगत रुपमा देशको लागि धेरै गरेकाछौ, गर्नु छ र गर्ने पनि छौ तर आजसम्मका हाम्रा कामहरु वा सेवाहरु बर्तमान अबस्थाको र समस्याको समाधान तिर केन्दृत छ्न । तर अब मैले चाहेको एन आर एन ए ले ठाेस र दिर्घकालिन महत्व र प्रभाब राख्ने रणनिती तयार गरि देशमा उध्योग धन्धा , कलकार्खानको स्थापनाको लागि विदेशि होस हा स्वदेशि लगानीलाई भित्राउन महत्वपूर्ण भूमिका खेलोस भन्ने मेरो चाहाना र सपना हो । एन आर एन ए ले पक्कै पनि धेरै महत्वपूर्ण काम गर्दै आयको छ । अबको एन आर एन ए को निति र उदस्य केहि फराकिलो र समयसापेक्ष हुन आवस्यक छ ।

अब मेरो सपना वा मैले चाहेको एन आर एन ए ले बिस्वबजारमा छरियकाे ज्ञान , सीप, प्रविधि, लगानि र आधुनिक साधन श्रोतलाइ नेपालमै रोजगारीको पहल गरि नेपाल भित्राउने परेत्न गर्नेछ। असिमित प्राकृतिक साधन श्रोतको प्रयोग गर्दै बर्सौदेखि देश देखि प्रदेसमा बस्ने नेपालीको एउटै चाहाना विकास र समृद्धिमा एन आर एन ए ले साच्चैनै एउटा रणनितिक दस्तावेज तयार गरि अबको केही बर्ष यसमा ध्यान देवस भन्ने मेरो चाहाना छ । अब मैले चाहेको एन आर एन ए ले सबै नेपालीको साझा चाहाना र सपना नेपालको अग्रगामी परिवर्तन र रुपानतरणमा लागाओस भन्ने मेरो सपना हो । आज बिस्वबजारले लगानि गर्ने उचित र राम्रो बाताबरण खोजेको छ र छरियको नेपाली पूजि मात्रा एकिकृत गरि नेपालका मुख्य गरि पुर्बाधार, जलबिधुत, पर्यटन, उत्खनन र प्राबिधिक र जनशक्तिको क्षेत्रमा लगानि गर्न सकिय साचैनै नेपालको मुहार फेरिन समय लाग्नेछैन । स्मार्ट एन आर एन ए ले साचैनै स्मार्ट भयर सोचिदेओस भन्ने मेरो सपना, आग्रह र मैले चाहेको एन आर एन ए हो । सक्षेप्तमा भन्नु पर्दा अहिलेको बदलिदो परिबेसमा एन आर एन ए को भुमिकालाइ अझै फराकिलो र सशक्त बनाउन आवस्यक छ । यो संस्था करिब ७० लाख प्रबासि नेपालीको साझा संस्था र अभिभाबक भयकोले यसभित्र हुने गलत काम र प्रबृतिको भन्डाफोर गर्दै साचैनै स्मार्ट र बृहत् संस्था बनाउनु आजको आवस्यकता हो । सस्थालाइ बदलिदो परिस्थिति मा परिस्कृत गर्दै सस्थाको साख बढाउनुका साथै सस्था प्रति आम नेपाली समुदायको बिस्वास बढाउन आजको आवस्यकता देखिन्छ । एन आर एन ए लाइ धेरैले सिमित र आर्थिक पहुच भयका ब्यक्तिको कब्जामा रहेको भन्ने आवाजपनि उठ्ने गरेको छ । अब एन आर एन ए लाइ सिमित ब्याक्तिको सस्था भन्दापनि हरेक नेपालीको साझा र बास्तबिक अपनत्व भयको सस्था बनाउन आवस्यक छ । आज देश देखि प्रदेश सम्म युवाजमात छरियर बसेको छ । जुन कुनैपनि देशकाे बिकास, सम्बृदि र परिबर्तको खम्बा र सम्बाहक मानिन्छ । यो बर्गको समन्वय र परिचालन गर्न सके हाम्रो देशकाे मुहार फेर्न पक्कै बल पुग्नेछ । प्रदेशमा बस्ने नेपाली समुदाय हरुबिच सामाजिक सद्भाव, एकता कायम गर्न यो सस्थाले महत्वपुण भुमिका खेल्न सक्छ । आज देश होस वा प्रदेशमा सामाजिक एकता र सद्भाव लाइ खलबल गरेर, अझ भन्नु पर्दा समुदाय बिच बिभिन्न राजनितिक, जातिय, क्षेत्रीय र धार्मिक मुदा उठायर अशान्ति मच्चाउने र एक आपसमा लडाउने केहि सामाजित अराजक तत्वहरुको सकृयता पनि देखिन्छ । आज हामिले यस्ता समस्यालाइ हामि सबैखाले बाद भन्दामाथि उठेर हामि नेपाली हौ भन्ने भावनाको बिकास गराउन आवस्यक छ ।यस्को नेतुत्व एन आर एन ए ले गरोस भन्ने मेरो सुझब र आग्रह छ । साथै पछिल्लो समय यो सस्थालाइ सामाजिक एकताको प्रतिक र सबैको साझा सस्था भन्दापनि राजनितिक गर्ने थलोको रुपमा लियकाछ्न र राजनितिक गन्धले गनाउने सम्भावना पनि देखिन्छ तेसैले हामि सबैमिलि यस्लाइ जुन उदस्यका साथ स्थापना गरियको थियो सोहि मर्म र भावना अनुसार अगाडी बढाउन आवस्यक छ । कुनैपनि सस्था, देशकाे दिसा निर्देश गर्ने कुरामा नेतुत्वको महत्वपुण भुमिका हुन्छ तेसैले सहि ठाउमा सहि नेतुत्व आवस भन्ने मेरो चाहाना छ । कुनैपनि सस्था वा देश कता जान्छ भन्नेकुरा नेतुत्वको महत्वण भुमिका हुने भयकोले उपयुक्त र युग र समयसापेक्ष भुमिका खेल्न सक्ने नेतुत्व आउन आवस्यक छ । अर्को कुरा अब सस्था बिधि, बिधान, पद्दति र समग्रमा सस्थाले अङ्गिकार गरेको निति र नियम अनुसार चल्न आवस्यक छ । सकिन्छ भने सबै मिलि सस्थालाइ राम्रो र सबैको अपन्त्व भयको सस्था बनाउ सकिदैन भने यस्लाइ बद्ननाम गर्ने र सस्थाको सिर झुक्ने काम कसैले नगरौ ।

पछिल्लो समय एन आर एन ए कति यसबाट बिचल्लित भय जस्तो पनि देखिन्छ तेसैले यस्मा सबैको ध्यान जावस भन्ने मेरो चाहाना छ । तेतिमात्र होइन जनताबाट निर्बाचित नेतुत्वले जनताप्रति जबाफदेहि र सस्थालाइ प्रजातान्त्रिक बिधि र पद्दतिबाट हाक्न सक्नु पर्छ । यदि नेतुत्व जनता प्रति उत्तर्दाइ भयन र सस्थालाइ गलत रुपमा पर्योग गर्यो भने तेस्ले समग्र सस्थालाइ बदनाम गराउन सक्छ यस्मा हामि सबै सचेत हुन आवस्यक छ । आज युवापुस्तामा सस्था भित्रका केहि गलत ब्याक्तिले गर्दा एक खाले बितृष्ण देखियको छ तेसैले यसबिसयमा सबैको ध्यान जान आवस्यक छ । आज सहि नेतुत्व सहि ठाउमा नहुदा धेरै समस्या उत्पन्न भयका छ्न । तेसैले सस्थाको बृहत् रुपान्तरण गर्न सक्ने, जनताप्रति गुम्दैगयको बिस्वास लाइ पुनस्थापित गर्न सक्ने, आजसम्मका सबैकम्जोरिलाइ सुधार्दै लैजान सक्ने र अबको NRNA भनेको अलि फराकिलो र बृहत् बनाउन सक्नेलाइ हामिले नेतुत्व दिन आवस्यक छ । साथै NRNA का मुद्दा र समस्यालाइ जोडदार उठाउन सक्ने बिचार र स्पस्ट दृष्टिकोण सहितको नेतुत्व आजको आवस्यकता हो आज केहि सिमित ब्याक्तिले आफुलाइ सस्थाभन्दा माथि सोच्ने प्रबृतिले गर्दा जनमानसमा आक्रोश र निराशा छायको छ । तेसैले अबको नयाँ पुस्ताले यस्ता गलत प्रबृतिको भन्डाफोर गर्दै यो सस्था हाम्रो साझा घर हो, पहिचान हो, चौतारि हो र समग्रमा भन्नु प्रदा दुख सुखको सहयात्रि हो भन्ने भावनको बिकास गर्न आवस्यक छ । अन्तेमा यो संस्थाले देश र प्रदेशलाइ लाइ जोड्नेकाम सङ्गै हामी सबैको एउटै सपना देशको विकास र समृद्धिमा साचै बृहत् कार्यदिशा र रणनिति बनायर अगाडी बढेकाे देख्ने मैले चाहेको एन आर एन ए हो । प्रदेशमा नेपाली एकता आजको आवश्यकता ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →