#रागविराग।।
आँखामा दृष्य रहिरहन्छ फूल झरेर जान्छ।
सत्कर्म हाम्रो बाँचीरहन्छ मान्छे मरेर जान्छ।
सधैं भन्छन् चुनाव जिते भ्रष्टाचार अन्त्य गर्छौं,
देखें मैले जित्नेहरु आफ्नै धोक्रो भरेर जान्छ।
जन्मेको ठाउँ बद्लिएन रे वाह! भागेर आफै,
गाउँ घरको दोष ठान्दै बसाइँ सरेर जान्छ।
हिजो साथ दिइयो न कदर गरियो तिनको,
समाजमा बरु तिनैले योगदान गरेर जान्छ।
दुनियाँले वजन खोज्छ म हल्का भएनि सहि,
ढुङ्गा डुबेर बस्छ डुङ्गाले सागर तरेर जान्छ।
एस.बि.नेम्बाङ्ग”मौनयात्री”
पाँचथर फिदिम।।
हाल:-उर्लाबारी मोरङ्ग।।।