कविताको शीर्षक

ज्ञानको प्रकाश
***************
प्रसन्न मनमा प्रेमको कविता,
रोचक काव्यमा सरिता।

मार्मिक माधुर्यमा सफलता,
श्रद्धापूर्वक साधनाको कर्मकुशलता।
जागृत सत्य कथाको लेखनी,
चिंतन रस लालित्यको रोशनी।
उज्यालो ज्योतिरूपा ज्ञान,
सुललित शव्दका स्वच्छ मान।
न्यानो आशाको जगमग वासना,
समझनाको मिठो तिर्सना।
अविचलित भावनाको गरिमा,
जिन्दगीको विश्वासपूर्ण महिमा।
सृष्टिको बिचित्र संसार।
हाम्रो जीवन उपहार।
कुसुमित अविचल बेला रम्य,
मधुरम ज्योति रूपा उदित किरण दिव्य।
प्रेममा भक्तिभाव उच्च विचार,
धर्मनै कर्म ज्ञानको प्रकाश
जीवन अभिनव सुखदायी हुन्छ विकास।।
सीता देवी, लखिमपुर, आसाम।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →