नवलपरासीको बौदीकालिमा एमाले विजयी

पूर्वी नवलपरासी, जेठ १ गते । नेपाली कांग्रेसको गढ मानिएको पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन्।

त्यहाँ गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित बहुमत एमालेका वडाध्यक्ष विजयी भएका हुन्।

अध्यक्षमा निर्वाचित ओझा ३९७६ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी केबी रानाले ३५४१ मत ल्याए । यस्तै उपाध्यक्षमा डिलकुमारी सारु ३९६२ मतसहित विजयी भएकी छन् ।

सारुका प्रतिस्पर्धी धनकान्ती घिमिरेले ३५०६ मत ल्याइन्।२०७४ सालको निर्वाचनमा त्यहाँ नेपाली कांग्रेस बहुमत वडाध्यक्षसहित विजयी भएको थियो।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →