ललितपुर, भदौ ४ गते । ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालले आफ्नो नवौं साधारण सभा सम्पन्न गरेको छ ।
सो साधारण सभाबाट भरत महर्जनलाई पुनः अध्यक्षमा सर्वसम्मत गरेको हो । अध्यक्ष भरत महर्जनसँगै सात जना संचालकहरु पनि सर्वसम्मत चुनिएका छन् ।
सर्वसम्मत बनेका संचालकहरुमा हेमराज दाहाल, डा. डीबी कार्की, सुनिल डंगोल, दिलिप डंगोल, रमेश महर्जन, विनोद आचार्य र स्वच्छन्दा मानन्धर रहेका छन् ।