नागढुङ्गामा प्रहरीको छड्के, ६ किलो लागूऔषध कब्जा

काठमाडौं, भदौ ४ गते । नागढुङ्गाबाट करिब ६ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजाको धुलोसहित अर्जुन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ९०५१ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा सवार अर्जुनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →