धर्मपुत्री बनाएर स्वीट्जरल्यान्ड लैजान खोज्ने तीन बेलायती पक्राउ, प्रस्थान अनुमति नदिँदा कुटिए अध्यागमनका कर्मचारी

काठमाडौं, भदौ ४ गते । अवैध ढंगले एक नाबालिकालाई धर्मपुत्री बनाएर स्वीट्जरल्याण्ड लैजान खोज्ने बेलायतका तीन जना नागरिकले शनिबार विमान त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा नराम्रो हर्कत देखाए।

बेलायती दम्पती म्याथ्यु विलियम हर्ले र लुइजा जेन हर्ले धर्मपुत्री बनाएको भन्दै कालिकोटकी १५ वर्षीया सिंह थर (नाम गोप्य राखिएको) भएकी नाबालिकालाई स्वीट्जरल्याण्ड लैजान शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

फ्लाई दुबईको जहाजबाट उनीहरु स्वीट्जरल्याण्ड जाने तयारीमा थिए। बोर्डिङ पासको काम सकाएर जब उनीहरु अध्यागमनका अधिकारीहरुसमक्ष पुगे, त्यसपछि ती बेलायतीहरुले लफडा गर्न थाले। कालिकोटकी ती सिंह थरकी नाबालिकालाई आफूहरुले धर्मपुत्री स्वीकारेर लैजान लागेकाले प्रस्थान अनुमति दिन अध्यागमनका अधिकारीसमक्ष ती बेलायतीहरुले आग्रह गरे।

ती नाबालिकाले समेत बेलायती नागरिक म्याथ्यु र लुइजा आफ्ना धर्म आमा-बाबु भएको अध्यागमनका अधिकारीहरुसमक्ष बताइन्। अध्यागमनका अधिकारीहरुले धर्मपुत्री बनाउन आवश्यक पर्ने कागजात मागे। तर, ती बेलायतका नागरिकहरुले कुनै कागजपत्र पेस गर्न सकेनन्। अध्यागमनका अधिकारीहरुले मानव बेचबिखन भएको हुनसक्ने अनुमान गरे र ती बेलायतका नागरिकमाथि थप सोधखोज गर्न थाले।

अध्यागम स्रोतका अनुसार नाबालिका स्वयंले अध्यागमनका अधिकारीहरुसमक्ष आफूलाई बेलायतीहरुले धर्मपुत्री स्वीकारेको बताइन्। तर धर्मपुत्री बनाउन आवश्यक पर्ने नाबालिकाको बुबा-आमाको सहमति, सम्बन्धित पालिकाको सिफारिसलगायतका आवश्यक कागजात, नेपाल सरकारको स्वीकृती पेस गर्नु अनुरोध गर्दा ती बेलायतीहरुले अध्यागमनका अधिकारीहरुमाथि कुटपिट गरेको स्रोतको भनाइ छ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →