बिपिको नाम जपेर अन्तरघातीहरुको पक्षपोषण गर्नेहरुको कमि छैन पार्टी भित्र ।

ढालेन्द्र गौतम
यसो त राजनिती कहिल्यै पनि सिधा रेखा बाट चल्दैन विशेष गरि हाम्री देशमा राजनिती बक्ररेखा बाट चल्ने चलाईने भएकै कारण राजनिती कहि कहिल्यै पनि आम नागरिकहरुको अपेक्षा अनुसार भएको देखिदैन,

भर्खरै सम्पन्न भएको स्थानिय तह, प्रदेश सभा र संघिय सभा निर्बाचनमा जुन उदेश्यका साथमा राजनितीलाई परिभाषित गराईयो बिगतमा भएका कमिकमजोरीहरुबाट पाठ सिकेर देशलाई समृद्धिको मार्गतिर लैजाने आशा भरोसा दिन खोजिएको थियो सायद नेपाली आम जनमानसमा त्यसको केही झिनो प्रभाब छाड्ने मार्गमा देश जान्छ कि भन्ने थियो,हाम्रो देशको भौगोलिक अबस्था यहाँका राजनैतिक दल र तिनका नेताहरुको राजनैतिक चेतना,तिनिहरुको राष्ट्र हाक्ने क्षमता र बौद्धिकताको आकलन गर्दै बिगत देखि नै हाम्रा छिमेकीहरुको अँखा नेपाली राजनिती यहाँका राजनैतिक दलका नेताहरु र यहाँको बिकासमा प्रत्यक्ष वा परोक्क्ष रुपमा हस्तक्षेप गरिएको लामो ईतिहास छ।।।
आजको राजनिती जुन किसिमबाट अगाडि लैजाने दिशा तर्फ देखिएको छ यो रातारात एक दुई घण्टामा गरिएको गठबन्धन भनेर जुन प्रकारबाट बाहिर देखाउन खोजिएको छ त्यो मिथ्या भ्रम भन्दा अरु केही पनि हुनै सक्तैन, यस्को जग छिमेकीहरुको हिजो देखि देखाईको हस्तक्षेपकारी राजनितिको अर्को एक चरण मात्र हो यस्मा बिगतमा बढी बिबादास्पद रुपमा व्याख्या गर्दै गराउदै आएको राजनैतिक एजेन्डा को रुपमा रहेको एमसिसी, एसपिपी, र बिआरआईको महत्त्वपूर्ण भुमिका रहेको छ आज यो सत्ता गठबन्धनका स्वरुप हेर्यो भने बिआरआई नै आजको यो सत्ता समीकरणको मुख्य पात्र रहेको देखिदै छ यद्यपि यसको पुष्टि आउदा दिनहरुका घटनाक्रमहरुले थप पुष्टि गर्ने नै छ।।।
निर्बाचनमा गरिएका घोषणा र जनतामा जगाईएका आसा भरोसा लाई तिलान्जली दिएर एक थान प्रधानमन्त्री पाउनकै लागि जुन प्रकारबाट सत्ता समीकरण लाई लत्याएर बिदेशीको इशारामा फरकधारबाट सत्तारोहण गर्ने जुन जनताको जनमत माथी बिश्वासघात गरियो त्यसको मूल्य त राजनितिक रुपमा त्यो दलले चुकाउनु पर्ने नै छ।।
सत्ता गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली काङ्ग्रेस र यस्ले प्राप्त गरेको जनमत अनुसार जिम्मेवारी पुर्बक यस गठबन्धन र नेतृत्वलाई निरन्तरता दिने प्रमुख दायित्व नेपाली काङ्ग्रेस पार्टीले लिनु पर्थ्यो तर यस्लाई निरन्तरता दिन नसक्नु र आफ्नो सत्ता गठबन्धन भित्र रहेका दलहरुलाई साथमा लिन र ति दकहरु भित्र रहेका कुटिल चलाख अनि धुर्त नेताहरुको चाल लाई भाप्न नसक्नु नेतृत्वको असक्षमता हो।आफ्नो असक्षमतालाई कुनै पनि बाहना दिएर गरिने बचाउले आम नेता कार्यकर्ताहरुलाई मान्ने हुने अबस्था देखिदैन।।।
नेतृत्वलाई गलत देखाएर केही नेताहरु त्यही नेतृत्वमा भित्र रहेर चोखो बन्ने जुन गलत प्रवृत्ति नेताहरुमा देखिएको छ त्यो प्रवृत्तिलाई आम नेपाली काङ्ग्रेसमा निष्ठावान कार्यकर्ताहरुले नजिकबाट निहाली रहेका छन।
विशेष गरि १४ औ महाधिवेशनमा देखिएको समूह जस्लाई काङ्ग्रेस पार्टी भित्र संस्थापन र संस्थापन ईतरको नामले चिनिन्छ यी दुबै समुहका नेताहरुले देश र आम पार्टी संगठनको भबिष्यको लागि आज संयुक्त रुपमा एउटा संकल्प गर्न सक्नु पर्दछ कि हामीहरु यो समयमा कहाँ चुक भयो कसरी र किन भयो त्यसको गहन रुपमा छलफल गर्ने समय आएको छ संस्थापन पक्षले यसको जिम्मेवारी लिने र समीक्षा गर्ने तर्फ लागेन भने पार्टी भित्र रहेको संस्थापन ईतर समुहले एउटा संकल्प प्रस्थाब लिएर पार्टीले बोलाएको केन्द्रिय समितिको बैंककमा जाने हिम्मत शेखर -गगन समुहले गर्नु पर्ने देखिन्छ साच्चिकै हिम्मत र आँट गर्लान त यो समुहले ? यसको लागि दबाब सृजना गर्नु नै आजको तत्कालिन रुपमा आबश्यक छ।।।
यदि यो बृहत् छलफल र समीक्षा गर्ने आँट हिम्मत जुटाउने शक्ति त्यो समुहमा देखिएन भने निर्बाचनका समयमा देखिएको पार्टी भित्रको अराजकताले पार्टी र निष्ठावान आम नेता कार्यकर्ताहरुमा देखिने नैरस्यता अनि संगठनमा देखिने दरारलाई भर्न सक्ने क्षमता भएको लिडरसिप सायदै यस पार्टी भित्र रहने देखिदैन।।। आधिकारिक फोरम भित्र छलफल र समीक्षा गर्नु पर्ने बिषय बस्तुहरुलाई सार्बजनिक रुपमा ब्यक्त गरेर आफू र आफ्नो ब्याक्तित्व चम्काउने र चर्चा कमाउने कार्यहरु तत्काल बन्द गरि पार्टीको आधिकारिक फोरममा बिषय प्रबेश गराई त्यसमा गहन बहश गराई समग्र संगठनलाई एकताबद्ध रुपमा लिएर जानू पर्ने आजको आबश्यकतालाई पार्टी भित्रका पदाधिकारीहरुले बुझ्नु पर्ने देखिन्छ।।यसरी जान सके जाने हिम्मत जुटाएमा पार्टी संगठन आम नेता कार्यकर्ता र देशको हितमा हुने छ आशा गरौ यस दिशामा जानको लागि सबै नेताहरुमा सदबुद्धि पक्कै आउनेछ ।।।
जय नेपाल |

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →