ढालेन्द्र गौतम
नेपालको संबिधान २०७२ लागू भए पश्चात् शाशकिय स्वरुप र प्रतिनिधित्वको हिसाबले हाम्रो राज्य ब्यबस्था समाबेसी प्रतिनिधित्वको आधारमा संचालन गर्ने अभ्यास गरिएको छ,
यो ब्यबस्था समग्रमा देश र देश भित्रको महिला दलित, मधेसी जन जाति अल्पसंख्यक सिमान्तकृत बर्ग लगायतको समान सहभागिताका हिसाबले असल र उत्तम शासन ब्यबस्था हुन सक्ला तर यसको उचित ब्यबस्थानको कमिका कारण लक्षित समुदाय र बर्गको नाममा सम्भ्रान्त बर्गको हालिमुहाली गर्ने गराउने जुन प्रकारको अभिष्ट देखा परेको छ यस प्रकारको प्रयोगले यो शाशकिय पद्धतिलाई नै गीज्याईरहेको बर्तमान परिबेशमा यो संबिधानमा भएको ब्यबस्थालाई नै आधार मानेर यो समानुपातिक निर्बाचन पद्धतिलाई यो देश र यस भित्र रहेका राजनैतिक दल अनि ती दल भित्र हाबी रहेको सामन्ती प्रवृत्तिलाई सकेसम्म कम रुपमा बनाउनको लागि र देशलाई आबधिक निर्बाचन पश्चात् निर्बाचित संसद र सरकारको स्थायित्व एबं आर्थिक भौतिक सामाजिक र सास्कृतिक बिकासको लागि यो प्रणाली माथी बृहत् छलफलको खाचो देखा परेको छ।।।
हाल बिध्यमान अबस्थामा कायम रहेका १६५ प्रत्यक्ष निर्बाचन क्षेत्र र ११० समानुपातिक क्षेत्र गरि हाल प्रतिनिधि सभामा २७५ जना सांसदहरुको प्रतिनिधित्व रहने ब्यबस्था छ । यसम कायम रहने गरि यहि सांसद सिट भित्र रहेर यहि सिमा क्षेत्र भित्रबाट सबै २७५ निर्बाचन क्षेत्रलाई नै प्रत्यक्ष निर्बाचन प्रणाली भित्र ल्याएर यसैमा महिला, जनजाति,अपांङ अल्पसंख्यक मधेसी सिमान्तकृत लगायत समुदायलाई प्रतक्ष्य निर्बाचन मै (आरक्षण)क्षेत्र निर्धारण गरि राजनैतिक रुपमा प्रतिश्पर्धात्म रुपबाट निर्बाचित गराउने ब्यबस्था नै अहिलेको यो अबस्थाको एक महत्वोपुर्ण राजनैतिक निकासको मार्ग देखिएको छ।यसरी प्रतिश्पर्धात्म रुपबाट निर्बाचित भएर आउने सांसदहरुले आफुले प्रतिनिधित्व गर्ने बर्ग भुगोल जाती जनजाती अल्पसंख्यक र पिछडिएका बर्गहरुको सहि किसिमले प्रतिनिधित्व गर्ने छन यो पद्धतिबाट आपसी प्रतिष्पर्धाबाट आउने सांसदहरु योग्य बौद्धिक र आफुले आफ्नो प्रतिनिधित्व लाई सहि किसिमले न्याय गर्ने किसिमले अगादी आउने छन।
यो शाशकिय स्वरुपमा जाँदै गर्दा बिध्यमान सत्ता बार्गेनिङ र प्रजातान्त्रिक शासन ब्यबस्था माथिको जुन उपहास गर्दै गरिदै आएको सत्ताको नाजायज सौदाबाजी रोकिने र असली रुपमा जानताको अभिमतको कदर हुने छ ।जनमताको असली चाहना र अभिमत अनुसारको सरकार बनाउने बन्ने सरकारको स्थिर रहने आम जनताको अपेक्षा अनुसार सरकाले काम गर्न सक्ने देखिन्छ।।यो दिशा तर्फ आजका राजनैतिक दलहरुको ध्यान जान अति जरुरी छ।।।यश तर्फ सचेत आम जन समुदायको ध्यान जान र दबाब सृजना गर्नु पर्ने बेला आएको छ।।।
जय नेपाल।।।