मीरा राजभन्डारी `अमात्य `
नेपालमा एचआइभि संक्रमित नै नभाको बेला बम्बैका बेस्यालयबाट हजारौं एच आइभि संक्रमितलाई नेपाल फर्काउने काम गरेर खुब पुन्य कमाउने अनुराधा जि ले त ति नानी हरु लाई बाटा तिर पो झ्याक्नु भाको रैछ कि के ?
के सन्देश जान्छ येस्तो स्टोरीले ? के सबै ठेलावालीहरु यौनकर्मी हुन भन्ने गलत सन्देश जाँदैन ? उसो त डान्स बार तिर रेस्तुरेन्ट तिर पनि ति यौन कर्मी महिला हरुलाई (माइती नेपाल को सेल्टरमा मा राखियका महिलाहरु लाई ) काम मा लगाएको भन्ने सुन्न मा आएको थियो – येस्ता न्युज स्टोरि आउनु ले मेहनत को कमाइ खाने र गरी खाने महिला हरुलाई हेर्ने दृष्टिकोण कस्तो होला ? यदि त्यो सत्य नै हो भने पनि त्यस्ता सुचना अत्यन्त सम्बेदनशील रुपमा राख्नु पर्ने मानब अधिकार का अपरिहार्य पक्ष हुन । महिला हिन्सा बिरुद्द को १६ दिने अभियान मा कति ठाउँमा रिबिन काट्न भ्याउनु भाका होलान कथित महिला अधिकार कर्मी हरुले । दिन्दहाडै सिएनेन का हिरो बनी सकेका अनुराधा जि ले यसरी गरीब र
निमुखा गरी खाने सबै महिला लाई बेइज्जती हुने गरी अन्तर्वाता दि रहंदा उहानको अभिब्यक्ती बारे चुइन्क्क बोलेको नदेख्दा महिला अधिकार फलाकेर नसक्ने अधिकार कर्मी हरु लाई डोको मा दुध दुहे जस्तो महिला का आत्म सम्मान स्वाभिमान का नारा को डलरे पसल आजै बाट बन्द गरेर गाम घर तिर बाँझै रहेका खेत मा तरकारी खेती गर्न र देश हराभरा गरेर कृषि मा आत्मनिर्भर बनाउन अब अभियान थाल्न म बिनम्र अनुरोध गर्दछु । ठुला बडा महिला ले महिलाकै आत्म समानमा ठेस पुर्याउने येस्ता अभिब्यक्ती माथि अंकुस लाउन गोपनियता को हक लगाइ कार्वाही को दाएरा मा किन ल्याउँथे र भन्ने प्रश्न र विश्वाश लाई प्रस्ट पारेको छ । हिमाल खबर पत्रिका मलाई सार्है मन पर्ने पत्रिका हो नेपाल मा खोज पत्रकारिता को जग बलियो बनाउने यो पत्रीकाका का महान हस्ती हरु तात्कालिन राजेन्द्र दाहाल, सुधिर शर्मा, शिव गाउँले र पछील्लो समयमा किरण नेपाल जस्ता बिबेकशिल र विद्वान सम्पादक हरुले सिंचन् गरेर हुर्काइ बढाइ गरेको यो पत्रीका को गरिमा राख्न पनि सो अन्तर्वाता का लागि खेद र भुल सुधार गर्न समेत् म माग गर्छु । म सामान्य पत्रकारिता को विद्यार्थी धेरै ठुलो कुरा बुझ्दिन – मिडिया पोलिटिकस त पढेको हुँ तर महिला का हक मा येस्ता सुचना साभार् गरेको मा औधी दुखी छु । कुनै पनि महिला जानेर राजी खुशी यौन कर्मी बन्दैन – हामी ले चरी माया तमाङ दिदी हरु का आसुँ र दु:खलाई पढ्यौ – हिजो का दिनमा मात्र होइन आज पनि बादी समाज बारे हामी द्रबित बन्न सकेका छैनौ, यि सब समाज का सम्बेदनशील पक्ष हुन जुन सत्य भएर पनि स्वीकार्न नसक्ने तिता सत्य हुन – तर पनि समाज महिला प्रती सम्बेदनशील अझै छैन – अनुराधा दिदी हरु नै महिला लाई यो रुपमा पस्क्नु हुन्छ भने – अरु सँग के आशा गर्नु ? सोच्नुस् त थेला मा तरकारी मकै पोलेर बेची आफ्न नानी हरु लाई उज्यालो भबिस्य दिने आन्त र हिम्मत जुताइ रहेका श्रमजिबी महिलाका छोरा छोरी ले अब का दिनमा आफ्नी आमा लाई हेर्ने दृष्टिकोन कस्तो होला ? के बाल अधिकार का क्षेत्र मा काम गरी रहेका गौरी प्रधान दाई लगायता का हस्ती ले यो अन्तर्वाता बिरुद्द केही शब्द बोल्नु पर्दैन ?