हरियो पासपोर्ट र राजनीति

✍️राजेन्द्र जमरकट्टेल

“मान्छेले आटेको के हुन्न चन्द्रमा पनि भेटीन्छ ,
अभागी रेखा निधारको पसिना पुछी मेटिन्छ “

राष्ट्र कवि माधवप्रसाद घिमिरेको आशा र उत्प्रेरणा जागृत गर्ने कालजी झै यी हरफले भनेझैं हाम्रो राजनीति व्यवस्थाको
स्थायित्व र दिगो पनको आधारको दुई तिहाइको सरकार समेत बन्न सक्ने भएनन ।

श्रमजिबी जनताका निधारमा पसिना पुच्छने र दुखसुखको साथि बन्ने सरकार र जनपक्षिय व्यवस्थाको खोजी जनताले सधै गरिरहनु पर्ने छ ।

भनिन्छ,मानिस ले आफ्नो प्रतिविम्ब एैनामा देखे जस्तै ,समाज ले आफ्नो चित्रण विश्वमानचित्र मा देख्छ ।
भूमन्डलीकरणको बर्तमान परिवेशमा नेपाली समाज विश्वमानचित्र को नाईलनदी जस्तै आफ्नै गतिमा निरन्तर लम्किदै सागरमा आफ्नो अस्तित्व खोजिरहेछ ।

जसलाई बुझ्न आज हामी विकासको चरम उत्कर्सको देश अमेरिका होस ,प्रविधी र नवितम खोज को देश जापान ,मानविय मुल्यमा उच्चाड्क प्राप्त गर्ने युरोपियन देश
हरुनै किन नहुन
,अझ मानविय क्षमता सँगै युवा रोजगार लाई साधन र स्रोत बनाउने अरबियन देश हरु किन नहुन ,द्धन्दको चपेटामा परेका थलिएका अफ्गानिस्तान ,इराक ,अफ्रिका वा कयौ देश मै किन नहोस ।
नेपालीको फैलावटको आयतन फराकिलो बन्दै छ ।यश अर्थमा नेपाली समाज विश्वमान चित्रमा आफ्नै पन ,आफ्नै माटो को सुगन्ध,आफ्नै चाडपर्व सँगै आफ्नै भेषभुषा आफ्नै स्वाद अनि पहिचान बोकेर महाकुम्भ रूपी विश्व बजारमा आफ्नै
आकृति ,आयतन ,उचाई र बनोट खोज्न अग्रसर हुदै कन्चन नदी झै प्रवाहीत छ विश्वबजारमा ,हिमाल जस्तै उच्च साख बोकेर ।

नेपाल ऋषि मुनिहरूको को पावन तपो भुमि हो ।यही माटोमा एकाग्र भएर ठुला ठुला काब्यको सिर्जना भएको इतिहास छ हामी सग ।
शान्तिको प्रतिक गौतम बुद्ध का महान बाणी को जन्म यही माटोमा जन्मेर भएको छ ।
बाल्मिकी ,ब्यास ,भानुभक्त जस्ता महापुरुष को पावन भुमि को पहिचान हाम्रो गर्व हो ।
किराँत ,लिच्छवि काल हुदै मल्लकाल सम्म मौलिक पन र महत्त्व बोकेर हिमालय को काख मा गौरबसाथ बाँचेका हाम्रा पुर्खा र तिनको बिरताले छोडेका इतिहास र कलात्मकर पौरखी गौरव अझै जिबित छन हाम्रै सामु ।

जसको जग नै नेपाली भनेर गर्व गर्ने आधारशिला हो आजका पुस्ताको ।प्रकृतिको बरदान सगरमाथाको उचाइले मात्र हामी बिश्व सामु परिचित छैनौं ,
हाम्रो हिमालय पर्वतको सुन्दरता र पवित्रता समेत नेपाली पहिचान हो ।
समृद्धि सगै पहाडी क्षेत्रको हरित आकर्षण होस ,मधेस तराईको उर्भर भुमिमा झुलेका खाध्य बालिको जिवन्तता होस ।
विश्वले हाम्रो पर्यावरण को प्रसंसा मात्र गरेको छैन ,नेपाली विरङ्गनहरूको अदम्य सहास , इमानदारीता ,लगनशीलता , कला , राष्ट्र प्रेम ,भाषा मौलिक रीती-रिवाज र साँस्कृतिक को विबिधतालाई पनि स-गर्व स्विकार गरेको छ ।गौरवशाली गोर्खाली को इतिहास ले विश्व युद्ध सगै नेपालीको बाहदुरी को इतिहास ताजै छ ।

बिशेषत २०४६ को प्रजातन्त्र प्राप्ति पछि भएका आन्दोलन देश र भुगोल भित्रमात्र सिमित रहेन । विश्वमानचित्रमा छरिएका नेपाली हरुले नेपालको सामाजिक र राजनतिक परिवर्तनका आन्दोलन का आवाज हरु विश्वभर पुराए ,नैतिक समर्थनको जग निर्माण गरे ।
राजनीति बाट सचेत भएका युवा हरु विदेशीने र आर्थिक उपार्जन गर्ने सपना देखे कति ले त कतिलाई सपना हरु बाडियो सुन्दर भबिष्यको ।

जहा रहे पनि एक पटक को नेपाली सधै नेपाली हुन्छौ भनि हरियो पासपोर्ट युबाहरुको मानसिकता थमाइयो र सरकार उठेको राजस्व बाट आफ्नो गुजारा चलाईरहेछ मेरो देस ।
मनसपटलमा सम्पन्नता को सपना र मुटुमा देशको माया बोकाएर ,निधारमा राता ,सेता टिका लगाएर पसिना र परिश्रम सग रुपया साटन ,लाखौं युवा हरु लाई बोकाई देस पाखुरा बेच्न तल्लीन छ ।

युबाहरुको रहर होईन राज्यले देखाईदिएको रोजगार को गन्तब्य ,आफु र आफ्नो परिवार जिविका चलाउन पसिना बेचेर पेट पाल्नु परेको छ ।
राजनीतिक परिवर्तन ले नै नेपाल को मुहार फेर्छ र फर्कदा पसिना बगाएको देशको सम्पन्नता मा सिरानी लगाएर आफ्नै मौलिकता मा रमाउने युवाका सपनाका त्यानाहरू जोडिन सकेनन् ।
तर पनि ,प्रकृति र सनातन देखि को यस पुन्य भूमिको स्वर्णताका लागि हरेक आन्दोलन र परिवर्तन मा आफ्नो क्षमता अनुकुल आर्थिक ,नैतिक समर्थन गर्दै राष्ट्रियता र देशभक्तिको मौलिक सोच निमार्ण गर्दै गए प्रवासी नेपालीहरू पनि ।
आज सरकारी तथ्याड्क हेर्दा पनि पौने करोड हरिया पासपोर्ट पहुँच र अबसर सँगै योग्यता को आधारमा एसिया ,युरोप ,अमेरिकामा संघर्ष सँगै दक्षतामा अब्बल बनिरहेका पनि छन् । सबैको अन्तिम लक्ष्य र चिनारी नेपाली पहिचान नै हो तर पनि राज्य को तर्फ बाट नागरिकको पसिनाको मुल्यांकन भएको आभाष हुनै सकेको छैन ।

नेपालले नागरिक उत्तरदायित्वमा राज्य नीति ब्यबाहारिक बनाउन सकेको छैन । सरकार जन उत्तरदायी नवन्नु मात्र होईन शोषिक बर्गको प्रतिनिधित्व गर्नेहरूले नै सरकार मा सहभागी हुदा शोषक बनेर निस्कनु कम पीडादाइ छैन नेपालीहरूका लागि ।

राज्य लाई कर तिरेर बाध्यताले विदेशी एका नेपालीहरू कफिन ( लास बोक्ने बाकस) मा आफ्ना अभिलासा समेत त मृत भएर फर्कनुको पिडाले हरेक दिन विछिप्त हुने गर्नछ मातृभूमि ।
मृत्यु वहन गर्नु पुर्व प्रवासमा हरेक नेपाली को एउटै आकड्क्षा हुन्छ,मेरो पसिना ले बिदेस भिजे पनि ,मातृभूमि कै माटो मा मेरो अन्तिम बिसर्जन होस ।
यति अगाध राष्ट्र प्रेमी नेपाली ले मृत्यु पछि पनि सङ्घर्ष गर्नु परेको छ,राज्य सँग आफ्नो बिसर्जन आफ्नै भुगोल र भुमि होस भनि ।राज्यले कहिले स्विकार्छ ? नागरिकको मृत्युवरण पछि पनि करको लिस्टो थमाउन आतुर छ मेरो देश ,गणतान्त्रिक लोकतन्त्र ।

राज्य सञ्चालनको केन्द्र विन्दु मानिने सिहंदरबार र बालुवाटार को निर्लज्ज आँखा बाट आर्यघाट मा दिइने दाग वत्तीको अंकगणित राखिरहेको छ मेरो सरकार ।

दैनिक प्राय उपस्थित हुने कफिन कुरेर त्रिभुवन विमानस्थलमा आफन्तको लास पर्खने बा ,आमा , ती अवोध सन्तति र जवानिमा संसार खोसिएकी चेली को रोदनले भक्कानिएको मनको आवाज सुन्न मेरो देशको सरकारी निकायको क्षमता र इच्छाशक्ति कहिले पलाउने हो ? पहुँच नहुने हरूको समानता र न्यायको नयाँ मुद्दा माथिको कमजोर प्रतिरोध देखेर राजनीति व्यवस्था माथिको नागरिक खवरदारी बडाउनु पर्ने आवाश्कता सहज अनुमान गर्न सकिन्छ ।

यश अर्थमा
सरकारले बेला बेलामा चर्को स्वरमा युवालाई विदेश मोह त्याग्न गरिरहने उद्घघोष देख्दा लाग्छ सरकार देशका आर्थिक सुचकहरूबाटै बेखवर छ ।आज पनि लास बाट राजस्व उठाएर आफु झन्डा बाल गाडीमा सयर गरिरहन्छ हाम्रो सरकार ।
तिनै हरिया पासपोर्ट बोकाएर युबा शक्ति धरौटी राखी राज्यका
नायक ,कमिसनकारी कारिन्दाहरु नाटक मन्चन गरिरहेछ । यो शताब्दीकै घिन लाग्दो व्यवहार कहिले सम्म रहन्छ सरकार ?अहिले झन्डै पौने करोड नेपालीको साझा प्रश्न यहि हो ।
देस लोकतान्त्रिक मात्र भयो ।सरकार र कर्माचारी तन्त्र को आचरण लोकसम्वत वनेन ।अनि जनताको लासका नेता हरु मलामी कहिलै बनेन ,राजनितीको ब्यापारी बनिरहे
क्रमश …

जब सम्म नागरिक सचेत हुदैनन तब सम्म शासक हरुको नियत सफा हुदैन ।यसको जवलन्त तस्बिर नेपाल को राजनीतिक र कर्माचारी तन्त्र को भष्ट्र प्रवृत्ति नै हो ।
हामी बिविधकारणले विदेशमा पसीना ,श्रम र सिप बेचिरहेका छौ ।यो हाम्रो बाध्यता मात्र होईन राज्य ले रोजीदिएको गन्तब्य पनि हो । राज्य ले नै हाम्रो पाखुरा र मष्तिष्क लाई रेमिटेन्सको नाममा नागरिक दोहन गरिरहेछ ।रेमिटेन्स बाट राज्य ले गुजरा चलाई असफल राष्ट्र बन्नु बाट नाक जोगाएको छ ।
हरियो पासपोर्ट को लिलामी बाट लुटिएको अस्मिता ,गुमाएका प्राण बाट राज्य ले राजस्वको नाम मा राजलिला मच्चाई महल र सुख: भोगको सौख पुरा गरिरहेछ । आजकल त कपन सग सुन को तस्करी नया मार्ग कोरिएको छ रे मेरो देसमा ।

काठमान्डौ को चारघेरा लाई देशको रुप देख्नेहरु राज्य शक्तिको दुरुपयोग गरि भ्रष्टाचार को नाड्गो नाँच नाचिरहेका छन ।घर कुर्न राखेको पाले नै त्यही घरको सम्पतिको ज्वाई बनेको छ।
जसको जवलन्त उदाहरण पुर्ब अख्तियार प्रमुख नै भएका छन ,यि केबल कारिन्दा थिए। कारिन्दाहरुले मालिक र माल्किन हरु लाई बुझाएको पोको को राज झन के होला ?
मालिक बनेका राजनीतिका चाटुकार हरुको स्वदेश तथा विदेशको लगानी र आफन्तको नाम मा सङ्कलन गरिएको ढुकुटी हेर्ने हो भने आजका युवाले पसीना सँग यो देशको समृद्धि साटनु बेकार साबित हुनेछ ।

अब एउटै बिकल्प खबरदारी गर्नु हो। देशको माटोको टिका लगाएर यि चाटुकार सुख सयल र भोग विलासमा लिप्त भएको नागरिकहरुले पहिचान गर्नु पर्छ ।

अब हरिया पासपोर्टहरु देश फिर्तीको अभियान चलाउनु पर्छ ।सबैको साझा स्वार्थ बिकास हुनुपर्छ ।अहिलेको नेतृत्वले नीति बनायो । निर्माण युवा पुस्ताले गर्नुपर्छ ।बैचारिकता मात्र ले होईन विवेक ले काम गर्नु पर्छ ।नागरिक ले नागरिकत्व खोज्ने बेला भएको छ ,प्रतिक्रान्ति होईन ,उद्यमशीलता ,खोज्ने बेला भएको छ ।

पन्चायतको नुन खाएर लोकतन्त्र को पन्डित बनेका पन्च हुन या विदेशिको गुलाम बनेर राष्ट्रवादको हुङ्कार गर्ने कम्युनिस्टहरूनै किन नहुन यस्को विकल्प मात्र होईन ,लोकतन्त्रको संवाक हॅु भनि घमन्ड गर्ने तर आचरण शुद्ध नगर्ने दरिद्र काग्रेसी किन नहुन , जटिल परिस्थितिको कुशल व्यवस्थापक को खाँचो र टड्कारो छ नेपालमा यति वेला ।

अक्सर नेताहरू जेलनेल ,सडक ,जगंल र बन्दुक को अनुभबले पारङ्गत भए पनि सत्ता प्राप्ति पछि आफु हरु लाई छोटे राजा को आचरण , रहन-सहन,भाई भारद्वाजहरु लाई सत्ता को रासलीला मा परिणत गर्न थाले ।
जेल र जंगल मा भोगेको दुखलाई ब्याज सम्झी मरेको राज्य लाई लुछी लोकतान्त्रिक आचरण बाट स्खलित हुन पुगे । अहिले जनता आफै आफैलाई धिकार्न बाध्य छन ।

कोईली भनी छानेको कौवा परेछ भनी !
नया उदाएका एक हुल पनि ,बॅासघारी का डायाग्रे झै हल्ला मात्र गरे ,जता सत्ता उतै लम्पसार भए ,जनता को आशा पॅाच बर्ष पनि टिकाउन सकेनन । उस्तै भए नया ,पुराना ।
विवेकका दिर्घरोघीहरु चौघेरा भित्र पँधेरो निर्माण गरी राज्यभोगको स्नान गरिरहेका छन ।
कालीगण्डकी मा कुलको अस्तु बगाई स्वर्गद्धारीमा स्वर्णिम भोग गर्ने ,राज्ययोगकी देवी अवतार दुध चोर्ने बिरालो हरुको को भान्छे बनीरहेकी छिन ।
जंगल राजमा लुकेका छरप्रष्ट चित्कार हरु ,झुन्डाईएका निर्मल आत्मा हरु ,गोलीले छिनाईएका बिकास र जनआधारका पाईला हरु ले अझै शान्ति पाएका छैनन । तेही जंगल राजको सिंह न दिनभरी निर्बाध हिडडुल गर्न नै सकेको छ ,न रातको निद्रा निसन्देह निदाउन सकेका छन ।चौघेरा बन्दुक बोकाएर शहरको बिचमा शान्ति रसको साहराले एक प्रहर सुत्नु परेको छ ।
राजनीतिक सधियार हरु पनी सिमानामा झरेका फल आफ्नो अंशमा झर्छन की भनि लालपुर्जा बोकेर बन्धकी बसेका छन ।

बरु राष्ट्र लाई जनताको नासो सदम्झिएर जनतामा फिर्ता गर्ने ,,जनता को साहनुभुति नभएका राष्ट्र नायक को सौभाग्य पाएका पो महापुरुष भएको भान भइरहेछ । जनता को दैलो ,मठ मन्दिर ,पुजाआजा ,हिमाल ,पाहाड ,तराईले आफै लाज मानिरहेको छ ।
आफ्नो राजनितिक स्वार्थ पुरा गर्न गरिने हुलबाद ,सौख पुरा गर्न जन्माउने नक्कली नाताबाद नियुक्ति मा हुने व्रिवकेसबाद , परिवारवाद र फरियाबाद । बिचार नभएर पैसामा राजनीति गर्नेहरु ठेक्का र दलाल बाद ,साँझ परे पछि को चुस्की -चुम्बन यो जालो नै नेपाल को आज को गतिरोध हो ।
आफ्नो गुटको स्वार्थको लागी बिना लज्जाबोध संबिधान को अपब्याख्या गर्दै ब्यबस्था माथि नै प्रश्नचिन्ह खडा गरिदिएका छन ।

जब सम्म शासक हरियो पासपोर्ट लाई बिकाउको साधन बनाईरहन्छन । तो दिन सम्म शासक हरु देस लुटीरहने छन ,अनि तरुण ,युबा युवती को मतदान को मौलिक अधिकार लुटीरहन्छन । हरियो पासपोर्ट धारी लाई नेपाली राजनिति ले कहिले सम्म उसको अधिकार बाट बन्चित गर्ने, नेतृत्व चुन्न पाउनु उसको रहन मात्र होईन मौलिक अधिकार हो ।

यो आँट र अद्मय सहास ले मात्र हाम्रो देशको राजनीति व्यवस्थाले चन्द्रमा छुनेछ ।अनि मात्र तमाम हरियो पासपोर्ट का निधार बाट अभागी रेखाहरू पुछिने छन् ।
त्यही स्वर्ण देश र समृद्धिको नयाँ मुलुकले मात्र चिरकाल सम्म गर्व र गौरव साथ सगरमाथा को सान उच्च रहने छ ।
लेखक :हाल जापानमा हुनुहुन्छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →