स्वचालित मूल्य लागू भएसँगै प्रतिसिलिन्डर १ सय ३० रुपैयाँले घट्यो ग्यासको मूल्य

काठमाडौं, साउन १७ गते । नेपाल आयल निगमले ग्यासको मूल्य घटाएको छ। प्रतिसिलिन्डर १ सय ३० रुपैयाँले ग्यासको मूल्य घटेको निगमले जनाएको छ।

मंगलबार राति १२ बजेबाट लागू हुनेगरी सो मूल्य कायम भएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ।

यसअघि १ हजार ७ सय ९० मा विक्रि हुँदै आएको ग्यासको मूल्य अब १ हजार ६ सय ६० कायम भएको निगमले जनाएको छ।

त्यस्तै, हवाइ इन्धनको मूल्य भने यथावत् रहेको निगमले बताएको छ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →