बाजुरा- जिल्ला अस्पताल बाजुराको परिसरमा बृक्षरोपण सङ्गै अस्पताल बाजुरामा रहेका बिरामीहरुलाई फलफूल वितरण गरेर
नेपाली काङ्ग्रेसको विद्यार्थी भातृ संगठन नेविसंघ बाजुराले ५६ औं स्थापना दिवस मनाएको छ ।
ईतिहासकै गाह्रो राजाितिक समयमा जन्मिएर अनेकौ प्रतिकुल अवस्था छिचोल्दै नेविसंघले ५६ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरेर मनाएको हो । नेविसंघ जिल्ला शाखा बाजुराले पनि अस्पताललाई ‘ग्रीन गार्डेन’ बनाउन तथा अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरेर स्थापना दिवस मनाईएको नेविसंघ बाजुराका उपाध्यक्ष तपेश रावलले बताए ।
उनले भने,‘नेविसंघको स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बाजुराको परिसरलाई सुन्दर तथा सफा राख्न बुक्षरोपण सङ्गै अस्पतालमा रहेका बिरामीहरुको स्वास्थ लाभको कामना सहित फलफूल वितरण गरिएको हो’।अस्पतालाई‘ग्रीन गार्डेन’को रुपमा बदल्न बिरुवा बृक्षरोपणका साथ उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरिएको उपाध्यक्ष रावलले बताए ।