कोलम्बियाका राष्ट्रपति सवार हेलिकोप्टरमा गोली प्रहार

एजेन्सी – कोलम्बियाका राष्ट्रपति चढेको हेलिकोप्टरमा गोली प्रहार भएको छ । भेनेजुएलाको सीमा नजिक उडिरहेका बेला राष्ट्रपति इभान ड्युक सवार हेलिकोप्टरमा गोली प्रहार भएको बीबीसीले जनाएको छ ।

आक्रमण भएको समयमा राष्ट्रपति ड्युक, रक्षा तथा आन्तरिक मामिलामन्त्रीका साथ राज्यका गभर्नर रहेका थिए ।

घटनामा हेलिकोप्टरमा रहेका सबै सकुसल रहेका राष्ट्रपतिका प्रवक्ताले जनाएका छन् । आक्रमणको अहिलेसम्म कसैले जिम्म लिएको छैन ।

राष्ट्रपति ड्युकले आक्रमणकारी पत्ता लगाउन कोलम्बियाका सुरक्षा निकायलाई निर्देशन दिएका छन् । यस्ता हमला सामना गर्नका लागि कोलम्बिया सक्षम रहेको पनि उनको भनाइ छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →