माया चालिसे
कति पर्छ यो झरी?
बहिरो हुन मन लागेर आउछ
यो हुरी,बतास र आधीको रातमा खुब अत्यास लागेर आछछ
नया बिहानीको अपेक्षामा रहेका यी मेरा
अनिला रातहरु!
फेरि,
भारी बर्षात लिएर आउछन्।
रातभरि निस्सासिएर रहदै गरेकी म,
आफैभित्र उकुसमुकुस भएर रहन
बाध्य हुन्छु,
त्यो पारीको दरमले पनि आफ्नो सतह नाधेको छ,
बीच सफरबाट फर्केका मेरा पाईलाहरु
आफ्नै तरहले फर्किन्छन्!
लुकाउनु पनि छैन मेरा गन्तव्यहरु!
न स्तव्ध हुनु नै छ।
यहि लहलहैमा बगेका ती बतासका झोक्काहरु
बयली खेलिरहन्छन्-
दिनभरि मेरा आखा वरिपरी रातभरि मेरो मस्तिष्क वरिपरि…!
बास् झरीको समाप्तीमा छन्
यी मेरा
निर्दोष आखाहरु…….!
ग.ना.सा.स. गलकोट।